२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विषम परिस्थितिका कारण भदौ २३ गते जेन जेड आन्दोलनमा गोली चलेको पुर्वगृहमन्त्री लेखकको दाबी

अ+ अ-

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेन जेड आन्दोलनमा गोली चलेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका छन् ।

जेन जेड आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित दायर रिट निवेदनको जवाफमा तत्कालीन गृहमन्त्री लेखक २१ जनाको हताहती हुने गरी भएको बल प्रयोगको जिम्मा लिन अस्वीकार गरेका हुन् ।

‘गृहमन्त्रीमा बहाल रहँदासम्म पदीय हैसियतले जिम्मेवारी पूरा गर्दागर्दै विषम परिस्थिति सृजना भई हिंसात्मक गतिविधि सृजना हुन गएको’ लेखकले लिखित जवाफमा भनेका छन्, ‘त्यसमा मेरो कुनै भूमिका नभएकोले रिट निवेदन खारेज होस् ।’

जेन जेडले शान्तिपूर्ण हुने भनेको प्रदर्शनमा घुसपैठ भई बानेश्वरस्थित संसद् भवनमा उग्र, हिंसात्मक र विध्वंसात्मक प्रदर्शन भएको भन्दै उनले त्यसकै कारण दुःखदायी र अकल्पनीय घटना भएको जिकिर गरेका हुन् ।

२१ जनाको ज्यान जाने गरी भएको घटनाले आफूलाई अत्यन्त पीडा बोध भएको भन्दै तत्कालीन गृहमन्त्री लेखकले त्यही दिन नैतिकताको आधारमा आफूले राजीनामा दिएको दाबी गरेका छन् ।

भोलिपल्ट अर्थात् भदौ २४ गतेको घटनामा पनि आफूलाई प्रश्न गर्न नमिल्ने दाबी गरेका छन् । उनले लिखित जवाफमा भनेका छन्, ‘तत्कालीन गृहमन्त्रीबाट प्रधानमन्त्री समझ राजीनामा दिइसकेको हुँदा भाद्र २४ गतेको घटनाबारे मेलै पदीय जिम्मेवारी बोक्ने विषय नै भएन ।’

भदौ २२ गते बेलुकी आफूले केन्द्रीय सुरक्षा समितिको बैठक राखेको र त्यहाँ सुरक्षा निकायका प्रमुख एवं अरू अधिकारीहरूले समेत ‘प्रदर्शन शान्तिपूर्ण हुने विश्वास गरेको’ जिकिर गरेका छन् । त्यही बैठकमा उनले हताहती हुन नदिन, कम बल प्रयोग गर्न र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन निर्देशन दिएको दाबी गरेका छन् ।

आफूमाथिको आरोपको प्रतिवाद गरेका उनले सुशीला कार्की कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधि सभा विघटनको प्रश्नमा तटस्थ बस्ने नीति लिएका छन् ।