२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन अभियुक्त पक्राउ

अ+ अ-

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५ छापाका सुशील जिसी रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार सवारी ज्यान मुद्दामा अदालतले एक वर्ष ११ महिना दुई दिन कैद सजाए तोकेको दमाईलाई बेनी नगरपालिका–७ बाट पक्राउ गरी कारागार चलान गरिएको छ ।

त्यसैगरी चोरी मुद्दामा चार वर्ष एक महिना १० दिन कैद सजाय तोकेको खत्रीलाई बेनपा–६ छापाबाट पक्राउ गरी अदालतको आदेशानुसार कारागार चलान गरिएको छ भने सोही मुद्दाका अर्का अभियुक्त सुशील जिसीलाई शनिबार निजको घरबाट नै पक्राउ गरी आज अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । रासस