काठमाडौँ । तीन जना प्रमुख प्रशासकीय अधिकृतसहित सात जना उपसचिव स्तरका कर्मचारीको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज) कुश्मा नगरपालिका, कोल्हवी नगरपालिका र लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
यसरी सरुवा गरिएका उपसचिवहरूमध्ये तीन जनालाई प्रमुख प्रशासकीय अधिकृतमा नै खटाएको छ भने बाँकीलाई मन्त्रालय तथा निकायमा पठाइएको छ ।








