२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्य बृद्धि बिरुद्ध नेविसंघद्वारा देशभरका आयल निगम घेराउ

अ+ अ-

काठमाडौं । मूल्य बृद्धिको बिरुद्धमा देशव्यापी आन्दोलन थालेको नेपाल विद्यार्थी संघले देश भरका आयल निगम अगाडि घेराउ गरेको छ ।

नेपाल आयल निगम केन्द्रीय कार्यालय काठमाडौंको धर्ना सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले केपी ओली नेतृत्वको सरकारले पटक–पटक गरेको मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम गरेको बताए । उनले जनतालाई भ्रम छर्न समायोजनका नाममा लगातार पाँच पटक मूल्य बढाएर दुई रुपयाँ घटाउनु सरकारको नौटंकी भएको बताए ।

उनले पुरै महंगी तत्काल फिर्ता गर्न सरकारसँग माग गरे । तत्काल मूल्य बृद्धि फिर्ता नभए आन्दोलनलाई झनै कडा बनाइने र सडकबाटै जनताले ओली सकारको दिन गन्ति सुरु गर्ने अवस्थाको सिर्जना गरिने बताए ।

यस्तै नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले १० गते सातै प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाइने र १२ गते दश मिनेट आफ्नो सवारी रोकेर हरन बजाउँदै मूल्य बृद्धिको विरुद्धमा ओली सरकारको कान खोल्ने कार्यक्रम रहेको बताए । उनले भने यति गर्दा पनि सरकार आफुहरुका मागप्रति गम्भिर नबनी कानमा तेल हालेर बसे सुइकार्य हुने छैन ।