२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण सम्पन्न गरेका छन् । 

गत भदौ २४ गते जेन जेड युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।

गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्य प्रवाहबारे जानकारी लिएका थिए । निरीक्षणका क्रममा उनले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशंसा गरे । 

आगजनीपछि ट्राफिक प्रहरी कार्यालय र कार्यसम्पादनमा परेको प्रतिकूल प्रभावका बाबजुद संरचना छिटो पुनर्निर्माण सम्पन्न गर्न निजी क्षेत्र र नागरिक समाजको सामूहिक योगदान रहेको उल्लेख गर्दै उनले सबै सहयोगकर्तालाई धन्यवादसमेत व्यक्त गरेका छन्

उनले भने, “आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयसहितका प्रहरी संरचनामा ठूलो क्षति पुगेको थियो । तर खुसीको कुरा सबै क्षेत्रबाट प्राप्त सहयोगका कारण आज ती संरचना पुनर्निर्माण भई प्रहरी संगठन पुनः उभिन सक्षम बनेको छ । सरकार यसका लागि आभारी छ ।”

गृहमन्त्री अर्यालले ट्राफिक प्रहरी कार्यालयका संरचनाको पुनर्निर्माणको गति र कार्यक्षमताको विशेष रूपमा प्रशंसा गर्दै उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी तथा उनको नेतृत्वमा कार्यरत सम्पूर्ण टोलीलाई खुलेर धन्यवाद दिए । उनले भने, “ट्राफिक प्रहरी कार्यालय भौतिक रूपमा क्षतिग्रस्त भए पनि प्रहरी दायित्वबाट विचलित भएन । चुनौतीपूर्ण परिस्थितिमा पनि संगनप्रति कर्तव्यनिष्ठ र दायित्व पालनामा उदाहरणीय प्रदर्शन गरेकामा म उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारीसहित सम्पूर्ण टोलीको कामको उच्च प्रशंसा र धन्यवाद व्यक्त गर्दछु ।”

पुनर्निर्माणपछि सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका नयाँ संरचनामा आधुनिक कार्यकक्ष, सेवा काउन्टर, सिसिटिभी प्रणाली, आपत्कालीन प्रतिक्रिया कोठा तथा नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारीले गृहमन्त्री अर्यालसमक्ष जानकारी दिएको थियो ।