काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएका हुन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति सात जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिए ।
जेन जेड आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय छन् । पछिल्लो पटक मन्त्रीमण्डलमा समावेश भएका दुई मन्त्रीले सम्पत्ति वितरण बुझाउन बाँकी रहेको सहसचिव अर्यालले जानकारी बताए ।







