काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित सभामा यादवसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।
सहमत पत्रमा हस्ताक्षर लगत्तै सभा गृहमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।







