२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदिवासी जनजाति आयोगद्वारा वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८१/८२ मा सम्पादन भएको कार्यसहितको विवरण समेटिएको छैटौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरले आज प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा प्रदेश प्रमुख भण्डारीसमक्ष वार्षिक प्रतिवेदनको सारांश पत्रसहित बुझाएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।

आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्रलगायत अन्तरराष्ट्रिय कानुनलाई नेपाल सरकारले अनुमोदन गरेको र कार्यान्वयनका लागि सर्वोच्च अदालतले आदेश गरे पनि सरकारले कार्यान्वयन नगरेकाले समुदाय आफ्नो हक अधिकारबाट वञ्चित हुनु परेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका अध्यक्ष थापामगरले सारांशपत्र बुझाउँदै आदिवासी जनजातिको हक अधिकारका लागि आयोगले सिफारिस गर्ने विषयलाई कार्यान्वयन गरी समुदायलाई अनुभूति गराउन हुन प्रदेश प्रमुखसँग आग्रह गरे । 

प्रतिवेदन पेस गर्ने क्रममा आयोगका प्रतिनिधिहरूले आयोगले गत वर्षका क्रममा गरेका नीति निर्माण, अधिकार प्रवर्द्धन, अनुसन्धान, जनजागरण र कार्यक्रम कार्यान्वयनका विवरण प्रस्तुत गरे ।

सो अवसरमा प्रदेश प्रमुख भण्डारीले आयोगको कामप्रति प्रशंसा व्यक्त गर्दै आदिवासी जनजाति समुदायका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार र आयोगबीच समन्वय र सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्।