२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन जेड पुस्ताले चासो दिनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं प्राध्यापक डा. खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आज यहाँ आयोजना गरेको जेन जेड आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा. केसीले जेन जेड आन्दोलनपछि मुलुकले सुशासनको परिकल्पना गरेको बताए । पछिल्लो पुस्तालाई अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र परराष्ट्र नीतिको महत्त्वबारे बुझाउनुपर्ने धारणा उनले राखे । 

 “राजनीतिक दल र नेताहरूले जनताप्रति गरेको अपारदर्शी व्यवहारको आक्रोशित रूपबाट जेन जेड आन्दोलन जन्मिएको हो”, उनले भने, “तर, युवाले अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रको कूटनैतिक महत्त्वबारे बुझ्न जरुरी रहेको देखेको छु । र युवालाई यसबारे बुझाउनु हाम्रो दायित्व पनि हो ।”

प्राध्यापक डा. युवराज सङ्ग्रौला र पूर्व महान्यायाधिवक्ता एवं काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. चन्द्रलाल पाण्डे जेन जेड आन्दोलनपछिको राजनीतिक पद्धति र परराष्ट्र नीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. सङग्रौलाले जेन जेड पुस्ताले चाहेको रूपान्तरणलाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै अबको शासन प्रणाली जनमुखी हुनुपर्नेमा जोड दिए । डा. पाण्डेले भने जेन जेड आन्दोलन समग्र समाजले भोग्दै आएको असन्तुष्टिको नतिजा रहेको बताए । उनले अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय अस्तित्व बलियो बनाउनतर्फ पनि कूटनीतिक सम्बन्धको चर्चा गर्न आवश्यक रहेकामा जोड दिए । पूर्वमन्त्री गणेश साह र पूर्व राजदूत खगनाथ अधिकारीले प्रस्तुत कार्यपत्रहरूमाथि टिप्पणी गरेका थिए । 

 डा. हरिप्रकाश चन्दले अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास, वर्तमान र भविष्यका बारेमा धारणा राखे । उनले विगतदेखि शासन सत्तामा रहेकाले परराष्ट्र नीतिलाई खासै स्थान नदिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई सुधार गर्दै अन्तर्राष्ट्रिय कूटनीतिक विज्ञसँग साझेदारी गर्न आवश्यक रहेको बताए । “परराष्ट्र नीतिमा त्यससँग सम्बन्धी विज्ञमाझ छलफल र वैचारिक विमर्श हुन जरुरी छ”, उनले भने, “तर, हामीले परराष्ट्र नीतिलाई खासै महत्त्व दिएको पाइँदैन ।”

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विद्यावारिधी (पिएचडी) शोधार्थी प्रशान्तकुमार विकले पछिल्लो केही वर्षमा युवा पुस्ताले देशलाई अन्तरराष्ट्रियस्तर अब्बल बनाउने ‘इन्टरनेसनल रिलेसनस्’ विषयमा रुचि देखाउन थालेका बताए ।