२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै  

अ+ अ-

काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै  छ ।

विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यस वर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस  मनाउन लागिएको हो ।

सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गरेका थिए। वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स-रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाइँदै आइएको छ ।

एक्सरेले मानव शरीरभित्रका हड्डीका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्ड, सिटि स्क्यान एमआरआइले शरीरभित्रका अङ्गमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गरेको चिकित्सक बताउँछन् ।

वरिष्ठ रेडियोलोजिष्ट डा.शर्मा पौडेल प्रविधिको विकाससँगै रेडियोलोजी रोग पत्ता लगाउने र उपचार गर्ने पद्धतिको रूपमा विकास हुँदै गएको बताउँछन् । बिरामीको निदान र उपचारमा रेडियोलोजीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

डा.पौडेल रेडियोलोजी विधामा विना चिरफार उपचार गर्ने ‘इन्टरभेन्सन रेडियोलोजी’ र रोग पत्ता लगाउने ‘डाइगोनोष्टिक रेडियोलोजी’ मार्फत बिरामीको उपचार गर्दे आएको बताउँछन्।

विकिरण अर्थात् रेडिएसन आउने एक्स रेबाट सुरु भएको विधा भएकाले यसलाई रेडियोलोजी भनिएको डा.पौडेलको भनाइ छ । उनी पछिल्लो समय रेडियोलोजी क्षेत्रमा धेरै प्रगति भएको र विकिरण प्रयोग नगरी गरिने धेरै प्रविधि पनि रेडियोलोजीमा पर्ने गरेको बताउँछन् ।

रेडियोलोजीमा विकिरण प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन, मेमोग्राफी पर्ने गरेका छन् भने विकिरण प्रयोग नगरी गरिने जाँचमा अल्ट्रा साउन्ड अर्थात्  भिडियो एक्सरे, एमआरआईलगायत पर्ने गरेका छन् ।