पोखरा । कार्यक्रम थियो फिर्के खोलामा पैदल मार्गको उद्घाटन । कार्यक्रमको उद्घाटन गर्दै थिए प्रमुख अतिथि लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी ।
उद्घाटनका लागि मेयर जिसी डोजरमा चढे र उनी लिभर दबाउन पुगे । डोजर एक्कासी स्टार्ट भयो र बकेटले रेलिङलाई बेस्सरी धकेल्यो । उद्घाटनको समाचार संकलन तथा फोटो खिच्न रेलिङमा अडेस लागेर उभिएका दुई जना पत्रकारसहित अन्य तीन जना सिधै खोलामा पुगे ।
पत्रकारद्वय रन्जन अधिकारी र सन्देश श्रेष्ठ रेलिङसहित २० मिटर तल खोलामा पुगे । उनीहरुको अवस्था सामान्य रहेको छ ।