२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । उनको भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता हुनुका साथै फलदायी भएको बताएका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिँदै सचिव राईले यो भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सुदृढ तुल्याएको उल्लेख गरे । भ्रमणले नेपालजस्ता विकासोन्मुख राष्ट्रको हितमा आवाज बुलन्द गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय, समावेशिता र दिगो विकासप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गरेका थिए । उनले गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य सेवा, महिला तथा युवा सशक्तीकरणका लागि विश्व समुदायबीच थप सहकार्य र हातेमालो गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति पौडेल कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल–थानीको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजित उक्त सम्मेलनमा सहभागी हुन कात्तिक १७ गते काठमाडौँबाट प्रस्थान गरेका थिए । 

राष्ट्रपति पौडेलले समावेशिता र साझा समृद्धिलाई दिगो शान्ति, समुन्नति र मानवीय मर्यादाको आधारशिला भएको उल्लेख गर्दै सबैका लागि सामाजिक–आर्थिक विकास सुनिश्चित हुने भविष्य निर्माणमा जोड दिएका थिए ।

राष्ट्रपति पौडेलले न्यायपूर्ण, समावेशी र दिगो विकासका लागि स्रोतसाधनमा समतामूलक पहुँच दोहा घोषणापत्रको प्रभावकारी कार्यान्वयन तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरेको सचिव राईले बताए ।

उच्चस्तरीय गोलमेचमा राष्ट्रपति पौडेलको सम्बोधन

राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण’ शीर्षकको उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गरेका थिए । 

त्यसैगरी, राष्ट्रपति पौडेलले दिगो र मानव–केन्द्रित सामाजिक विकासका लागि सुदृढ लोकतन्त्र, समावेशी नीति, जवाफदेही संस्था र पारदर्शी सार्वजनिक सेवा आवश्यक रहेकामा जोड दिनुभएको सचिव राईले बताए । भ्रमणका दौरान राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति पौडेलले नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका गम्भीर असर व्यहोर्नु परेको बताउँदै ती असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गरेका थिए । त्यस अवसरमा नेपाल र संयुक्त राष्ट्र संघबीचको सम्बन्ध सुदृढीकरणका विषयमा विचार–विमर्श भएको सचिव राईले बताए ।

महासचिव गुटेरेसले नेपालले संयुक्त राष्ट्र शान्ति मिसनमार्फत विश्व शान्ति र सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै जलवायु परिवर्तनको असरको मारमा परेका नेपालजस्ता मुलुकलाई अनुकूलनका लागि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले नेपालका लोकतान्त्रिक संस्थाहरू आफ्ना समस्या समाधान गर्न सक्षम रहेकामा राष्ट्रसंघको विश्वास रहेको बताएका थिए ।

राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा कतारका अमीर महामहिम शेख तमिम बिन हमाद अल–थानीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी भएका थिए । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले दोहास्थित नेपाली राजदूतावासको अवलोकन गर्नुका साथै त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए । साथै कतारमा रहेका नेपाली श्रमिक र व्यवसायीको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेल कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले राष्ट्रपति पौडेलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी भएका थिए । राष्ट्रपति पौडेलको नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती सविता पौडेल, सञ्चार विज्ञ किरणकुमार पोखरेल तथा उच्च सरकारी अधिकारीहरू सहभागी थिए ।