काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई ताकिएको छ ।
पौडेललाई बुधवारदेखि लागू हुने गरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो । विसं २०५९ मा सेवा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन्।
हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।







