२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

अ+ अ-

काठमाडौँ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु. चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न एक अर्ब ५६ करोड बढीको आयात गरिएको छ । गत आवको तीन महिनाको अवधिमा तीन अर्ब चार करोड मूल्य बराबरका १६ थरिका खाद्यान्न यो नाका हुँदै आयात गरिएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको तीन महिनामा खाद्यान्नको आयातमा वृद्धि भएको जानकारी दिएको छ ।

चालु आवको तीन महिनाको अवधिमा अर्ब ८० करोड मूल्य पर्ने तीन करोड ३६ लाख १२ हजार ८१० किलोग्राम मकै आयात भएको छ ।

गत आवको तीन महिनामा भने एक अर्ब नौ करोड मूल्य पर्ने दुई करोड १६ लाख २७ हजार ९९२ किलोगाम मकै आयात भएको थियो । चालु आवको तीन महिनामा एक अर्ब ४६ करोड मूल्य पर्ने तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ ।

गत आवको तीन महिनाको अवधिमा भने एक अर्ब छ करोड मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा ८९ करोड ८२ लाख मूल्य पर्ने ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ ।

त्यस्तै गत आवको तीन महिनाको अवधिमा पनि ४६ करोड ५३ लाख मूल्य पर्ने ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल आयात भएको थियो । त्यहाँ आयात हुनेमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठोलगायतका १६ थरिका खाद्यान्न आयात हुने गर्छ ।