काठमाडौँ । नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ। शनिवार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्ष, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौँमा जनसभा गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले विभिन्न समसामयिक विषयमा प्रस्तावसमेत पारित गरेको छ।







