काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिकाले शुक्ल नवमीका दिन सार्वजनिक बिदा दिने भएको छ।
त्रिपुरास्थित श्री त्रिपुरा सुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल नवमीका दिन लाग्ने जात्रा मेला यस वर्ष २०८२ साल कार्तिक १३ गते पर्न गएकोले, सो दिन नगरपालिका मातहत रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था र शैक्षिक संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।








