काठमाडौँ । भारतीय चुनाव आयोगले १२ राज्य र केन्द्र शासित प्रदेशमा मतदाता नामावलीको पुनः परीक्षण गर्ने घोषणा गरेको छ।
आयोगले सोमबार १२ राज्यसहित केन्द्र शासित प्रदेशमा मतदाता नामावली (इलेक्टोरल रोल) को विशेष गहन पुनः परीक्षण (एसआईआर) गर्ने घोषणा गरेको हो ।
मतदाता नामावलीमा दोहोरिएका नामहरू हटाउने र मृत्यु भएका मतदाताहरूको नाम सूचीबाट मेटाउने उद्देश्य विशेष पुनः परीक्षण गर्न लागिएको आयोगले भनेको छ ।
प्रमुख प्रतिपक्षी दल कङ्ग्रेस आईले बिहारमा हालै सम्पन्न मतदाता सूची परीक्षण अभियानलाई ‘भोट चोरी’को संज्ञा दिएको थियो । उक्त अभियानका क्रममा लाखौँ वैध मतदाताको नाम मतदाता सूचीबाट हटाइएको कङ्ग्रेसले आरोप लगाएको थियो ।
प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले जानकारी दिँदै एसआईआरको पहिलो चरण सम्पन्न भइसकेको बताएका बीबीसी हिन्दीले उल्लेख गरेको छ ।







