काठमाडौं । चर्को मुल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनहरु सडकमा उत्रेका छन् ।
नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनहरुले खुल्ला सडक बहसको आयोजना गरेको हो ।
अनेरास्ववियू, अनेरास्ववियु छैठौं, नेबीसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत विद्यार्थी संगठनहरुको खुल्ला बहस चलेको छ ।
जनताको दैनिक जीवनलाई अस्तव्यस्त पार्ने गरी गरिएको मुल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।
पटक पटक गर्दै आएको मुल्य वृद्धिको विद्यार्थी संगठनहरुले घोर विरोध गर्दै आएका छन् ।







