२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौवादुङमाको गौरवको आयोजना : तिवारीभञ्याङ-च्याङ्ग्रे सडक कालोपत्र

अ+ अ-

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ-अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ । 

भोजपुर-लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने यो सडक गाउँपालिकाको प्रवेशद्वार तिवारीभञ्याङदेखि गाउँपालिकाको केन्द्र च्याङ्ग्रेसम्म कालोपत्रे गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले तिवारीभञ्याङ-अधेँरीघाटसम्मको कुल ३१ किलोमिटर सडकखण्डमध्ये अहिलेसम्म तीन किलोमिटर कालोपत्रे सकिएको बताए। उनका अनुसार सङ्घीय समपूरक बजेट र गाउँपालिकाको लगानीमा यो सडक कालोपत्रे भएको हो।

भट्टराईले भने, “यो सडक खण्डको तीन किलोमिटर कालोपत्रे सम्पन्न भयो। यस आर्थिक वर्षमा थप कालोपत्रेका लागि पनि बोलपत्र आह्वान भइसकेको छ।”

गाउँपालिका अध्यक्ष किरण राईले यो सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अगाडि बढाएकाले यसको गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिएको बताए। भोजपुरवासीलाई तराईका जिल्लाहरूसँग जोड्ने यो छोटो मार्ग भएकाले प्राथमिकताका साथ काम सुरु गरिएको उनको भनाइ छ।

“यो हाम्रो गाउँपालिकाको गौरवको आयोजना हो,” अध्यक्ष राईले भने, “यो सडक भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो बाटो पनि हो। अहिले तीन किलोमिटर कालोपत्रे भइसक्यो। बाँकी अधेँरीघाटसम्मका सबै ३१ किलोमिटर सडक कालोपत्रे गर्ने हाम्रो लक्ष्य छ। गाउँपालिकाको सीमित बजेटमा पनि दुई वर्षअघिदेखि निरन्तर कालोपत्रेको काम गरिरहेका छौँ।”

सडक कालोपत्रे भएपछि स्थानीयमा उत्साह बढेको वडा नम्बर ३ च्याङ्ग्रेकी सावित्रा खत्रीले बताइन्। सडक कालोपत्रे भएपछि आवतजावत गर्न सहज भएको उनको भनाइ छ।

खत्रीले भनिन्, “तिवारीभञ्याङदेखि च्याङ्ग्रेसम्म कालोपत्रे होला भन्ने हामीलाई लागेको थिएन। अहिले सडक कालोपत्रे बन्दा खुसी लाग्यो। आवतजावत सहज बन्यो। हामी निकै खुसी छौँ।”

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो सडक प्रिमिक्स प्रविधिमा बनिरहेको छ। नालीसहितको आठ मिटर चौडाइ भएको यो सडकले स्थानीय यातायात र व्यापारिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। यो सडकले पौवादुङमाका छवटा वडामध्ये पाँच वटा वडालाई समेटेको छ।