२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना दिनेलाई २५० पुरस्कार

अ+ अ-

वीरगञ्ज । छिपहर माई गाउँपालिका वडा नं ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई २५० पुरस्कार दिने घोषणा गरेको छ ।

सो आचारसंहिताको बुँदा नं ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा ५०० जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो जरिवानाबाट २५० पुरस्कार दिने उल्लेख हो ।

‘एक घर एक चर्पी, भिस्वावासीको शान, स्वच्छ जीवन वातावरण हामी सबैको स्वाभिमान’ भन्ने नारासहित छिपहरमाई गाउँपालिका वडा नं ५ ले जारी गरेको १३ बुँदे सरसफाइसम्बन्धी आचारसंहितामा सधैँ चर्पीमा दिसापिसाब गर्नेछु, बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने छैन घरको चर्पीलाई नियमित सफाइ गर्नेछु, वडाभित्रका सबै विद्यालय घर कार्यालयमा चर्पी राख्नेछु, वडालाई दिसामुक्त क्षेत्र कायम गरी पूर्ण सफाइ गर्नेजस्ता प्रतिबद्धतासहित सो आचारसंहिता जारी गरिएको हो ।

छ सय ७२ घरधुरी तथा करीब १० हजार जनसंख्या रहेको सो वडालाई पूर्ण सरसफाइका लागि वार्षिक बजेट विनियोजन गर्नुका साथै खुला दिसामुक्त कार्यक्रमका लागि प्रभावकारीरुपमा अगाडि बढाइने छ भन्दै उक्त गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले भने, ‘आजको बालबालिका भोलिको कर्णधार भएकाले सरसफाइप्रति सबै सजक हुनुपर्छ ।’

उक्त गाउँपालिका वडा नं ५ भिस्वागाउँ पर्सा जिल्लाको ४९औँ खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप घोषणा गरिएको छ । हालसम्म जिल्लाको पाँच वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् ।

महिला चेलिबेटीहरु खुला ठाउँमा दिसापिसाब गर्न जाँदा बलात्कार तथा हिंसाको शिकार हुनुपरेकाले सबैले आ–आफ्नो घरमा चर्पी प्रयोग गरी यस्ता हिंसाबाट बच्न सक्नेछन् भन्दै वडाध्यक्ष असलम आलमले आ–आफ्नो घरमा चर्पी नबनाउनेलाई स्थानीय तहको सुविधाबाट वञ्चित गरिने जानकारी दिए ।

ग्रामीण क्षेत्रलाई धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा गरिँदै आए पनि सडक पेटीका मुख्य स्थानमा सार्वजनिक शौचालय नभएकाले बाटो हिँड्ने बटुवाले सास्ती भोग्दै आइरहेका छन् ।

चर्पी नै नभएको ठाउँलाई दिसामुक्त क्षेत्र घोषणा गर्नु जायज नभएको भन्दै बाटो हिँड्ने बटुवाले सार्वजनिक शौचालय नबनाएर कागजी भरमा दिसामुक्त क्षेत्र घोषणा गर्नु जनप्रतिनिधिको अकर्मण्यता भएको स्थानीयवासीको टिप्पणी छ । रासस