२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाले गर्‍यो साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।

विशेष गरी भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको पाइएको छ।

काठमाडौँ महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार संक्रमण सानो लापरबाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्छ। उनले भने “महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिर्सौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो।” उनका अनुसार महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोझै कारवाहीमा जानुभन्दा पहिले व्यवसायीलाई तालिम दिने, सम्झाउने र सचेत गराउने कार्य भइरहेका छन्। त्यति गर्दा पनि सुधार नआए कानुनबमोजिम कारबाही गर्नुपर्ने अवस्था आउँछ।

त्यस्तै, काठमाडौँ महानगरपालिका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले सशक्तीकरण, अनुगमन र नियमनलाई अहिले प्राथमिकता दिएको छ। उनले भने, “हामी बजारमा कस्तो अवस्था छ भनेर बुझ्दैछौँ, व्यवसायीहरू खाद्य स्वच्छता र गुणस्तरीयतामा कत्तिको सचेत हुनुहुन्छ भनेर मूल्यांकन गर्दछौँ। राम्रो गर्नेलाई हौसला दिन्छौँ, कमजोरी देखिए सम्झाउँछौँ, सचेत गराउँछौँ: त्यति गर्दा पनि अटेर गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ।” उनका अनुसार महानगरको मुख्य उद्देश्य व्यवसायीले स्वच्छ रूपमा व्यवसाय सञ्चालन गर्नु र उपभोक्ताले आफ्नो मूल्य अनुसारको गुणस्तरीय खाद्यवस्तु पाउनु हो।

अनुगमन टोलीले नयाँ बानेश्वरका पोखरेली लुम्बिनी तन्दुरी भोजनालय, सनराइज बेकरी क्याफे, अम्बला रेष्टुरेण्ट, सुरेन्द्र पानीपुरी पसल, के.एम. टेष्टी मम होटेल, रेसुंगा लोकल भान्सा घर, न्यु लुम्बिनी तन्दुरी भोजनालय लगायतका खाद्य व्यवसायमा अनुगमन गरेको थियो। अधिकांश व्यवसायमा भान्छाको सरसफाइ कमजोर, किट नियन्त्रण अभाव र मापदण्डअनुरूपको संरचना नपाइएको टोलीले जनाएको छ। पोखरेली लुम्बिनी तन्दुरी भोजनालयमा भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको, मास्क, एप्रोन, पञ्जा प्रयोग नगरिएको, काँचो र पकाइएका वस्तु सँगै राखिएको, म्याद गुज्रिएका वस्तु राखिएको र डस्टबिनको बिर्को खुल्ला रहेको जस्ता धेरै कमजोरी पाइएको छ। न्यु लुम्बिनी तन्दुरी भोजनालयमा पनि सरसफाइ अत्यन्त कमजोर, भान्छाको संरचना कमजोर र व्यवसाय नवीकरण नगरिएको पाइएको छ।

सनराइज बेकरी क्याफेमा सरसफाइ सामान्य भए पनि खाद्य मापदण्डअनुसारको व्यवस्थापन नभएको, फ्रिजमा टाइम कार्ड नलागेको र खानेकुरा असन्तोषजनक रूपमा भण्डारण गरिएको भेटियो। अम्बला रेष्टुरेण्टमा किट नियन्त्रणको राम्रो व्यवस्था नभएको, खाने तेलको टी.पी.एम. ३५ पाइएको, सो तेल प्रयोग गरी बनाइएका लिट्टी र सेलरोटी करिब पाँच किलो र तेल सात लिटर तत्कालै नष्ट गरिएको थियो।

सुरेन्द्र पानीपुरी पसलमा खाद्य अनुज्ञापत्रविनै बिक्री गरिएको, पानीपुरीको झोल मापदण्डअनुसार नबनाइएको र फ्रिज अव्यवस्थित राखिएको पाइएको छ। त्यस्तै, के.एम. टेष्टी मस्म होटेलमा पनि भान्छाको सरसफाइमा बेवास्ता गरिएको, किरा भेटिएको, खाद्य वस्तुको भण्डारण अव्यवस्थित भएको र आगोजन्य जोखिम नियन्त्रण उपकरणको व्यवस्था नगरेको पाइएको छ।