२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाखदेखि सम्पर्क विहीन एकैघरका दुई बुहारी

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा एक घरका दुई बुहारी एकैदिनदेखि सम्पर्कविहीन बनेका छन् ।

डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कविहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिए ।

बिहान अबेरसम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्कविहीन बनेको उनले बताए । ‘हामी घरका अरु सदस्य नभएको समयमा उनीहरु दुवैजना घरबाट निस्किएका थिए, आफन्त र नातागोता सबैकोमा खोजी गयौँ तर केही पनि पत्ता लाग्न सकेन,’– बुढाले भने । हराएका दुवै महिलाको उमेर २० वर्ष रहेको छ ।

खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय, दरबाङमा तस्वीरसहित आवश्यक हुलिया दिएर खोजीकार्यका लागि निवदेन दिए पनि अहिलेसम्म प्रहरीले समेत उनीहरुको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ । चिनाका श्रीमान् गाउँमै रहेका छन् । साउदीमा रहेका ओममायाँका श्रीमानसमेत आफ्नो श्रीमती घरबाट भागेर गएपछि घर फर्किएका छन् ।

घरपरिवारको सम्पर्कविहीन बनेकी चिनाले दुई वर्षीया छोरीसमेत घरमै छाडेर उनी बेपत्ता भएको घरपरिवारले जनाएको छ । उनीहरुले घरबाट निस्किएपछि मोबाइल फोनसमेत स्विच अफ गरेका कारण खोजी गर्न समस्या भएको घरपरिवारको भनाइ छ । रासस