२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बयालपाटा अस्पताल अछाममा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

अ+ अ-

अछाम । बयालपाटा अस्पताल अछाममा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ ।

तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुगेका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया गरिएको हो ।

आन्द्रामा समस्या भएका उनले दुई घण्टाको सफल शल्यक्रियापछि खुशी व्यक्त गर्दै भने, “टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा खुशी लागेको छ, अस्पताललाई धन्यवाद ।”

बिरामीको प्रकृति हेर्दा आइसियुको सुविधा भएको अस्पतालमा राख्नु पर्ने भए पनि आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले अन्यत्र लैजान नमानेपछि बयालपाटा अस्पतालमै उनको शल्यक्रिया गरिएको उपचारमा संलग्न डा. विकास गौचनले बताए।

उनले भने, “बिरामीका श्रीमतीले धनगढी नेपालगञ्ज लैजान मान्नु भएन बरु त्यसको सट्टा घर फर्किन्छौँ भनेपछि यही शल्यक्रिया गरिएको हो ।” उनका अनुसार यस्तो प्रकारको जटिल शल्यक्रिया अछाममा पहिलोपटक गरिएको हो । सुदूरपश्चिमको सेती अञ्चल अस्पतालबाहेक यस्तो प्रकारको शल्यक्रिया सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा हुन नसक्ने उनको भनाइ थियो ।

डा. गौचनका अनुसार यस्तो प्रकारको शल्यक्रिया प्राइभेट अस्पतलामा गराउँदा दुई लाखभन्दा बढी खर्च लाग्छ । बिरामी विष्ट खतरामुक्त अवस्थामा रहेको शल्यक्रियामा संलग्न डा. पवन अग्रवालले बताए ।

शल्यक्रियामा डा. बिवप्लव श्रेष्ठ, एनेस्थेसिया सहायक महेन्द्र कुँवर, नर्स नारन्ती महरा, कञ्चन चौधरी, स्वास्थ्य सहयोगी दीपा बम, लक्ष्मी विकलगायतको सहभागिता थियो । न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल र दोलखामा चरिकोट अस्पताल सञ्चालन गर्नुका साथै सामुदायिक स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेको छ । अस्पतालमा हाडजोर्नीलगायत सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान हुँदै आइरहेका छन् । रासस