२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरका संवेदनशील क्षेत्रमा निषेधाज्ञा, सभा-जुलुस गर्न प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । ललितपुर जिल्ला प्रशासन कार्यालयले उपत्यकामा भइरहेका प्रदर्शन र सम्भावित हिंसात्मक गतिविधिलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि निषेध गर्ने आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार मिति २०८२ भदौ २३ गते साँझ ६ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू हुनेछ। आदेशको उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू
पुल्चोक क्षेत्र : यु.एन. हाउस र न्यायाधीश निवास वरपर २०० मिटर भित्र। पूर्वमा इनारमोड जाने बाटो, पश्चिममा राष्ट्रिय कितावखाना, उत्तरमा आन्तरिक राजस्व कार्यालय र दक्षिणमा राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय सहकारी विकास बोर्डसम्म।

भैंसेपाटी क्षेत्र : नयाँ मन्त्री निवास वरपर। पूर्वमा बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ, उत्तरमा भैंसेपाटी आवास गेट र दक्षिणमा इटनी जाने ओह्रालो सीमासम्म।

सानेपा क्षेत्र : नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय वरपर। पूर्वमा सानेपा चोकदेखि इन्द्रायणी मन्दिर जाने पक्की सडकसम्म।

जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार जारी गरिएको निषेधाज्ञाले सर्वसाधारणलाई सामान्य आवतजावत र सवारी साधन सञ्चालन गर्न भने अनुमति दिएको छ। तर सो क्षेत्रमा सभा, जुलुस वा धर्ना जस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ।