२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाए : मुख्यमन्त्री शाही

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाए ।

बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यो सुझाव दिएका हुन्। सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै मुख्यमन्त्री शाहीले भने, “दिगो प्रतिफल निकाल्ने गरी न्यूनतम एक करोडभन्दा माथिको लगानी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससलाई स्थान दिन्छौँ ।”

कर्णालीका महिला तथा बालबालिकाको पोषण क्षेत्रमा काम गर्दै आएकोप्रति यूरोपियन युनियनलाई धन्यवाद दिँदै उनले भने, “युनियनको मापदण्डमा मिल्छ भने प्रथमतः कर्णालीको पूर्वाधार विकासमा सहयोग गर्नुस्, जसले अहिले पनि घण्टौँ पिठ्यूँमा नानी बोक्ने महिलालाई सघाउनेछ ।” कर्णालीमा चामल, चाउचाउ, बिस्कुट बाँड्ने गैससले यहाँका नागरिकमा परनिर्भरता बढाएको उनको भनाइ थियो ।

उनले कर्णाली सरकार यतिबेला यो प्रदेशको विकासका लागि दूरगामी योजना बनाइरहेको छ र अब निकट भविश्यमै लगानीकर्तालाई आकर्षण गर्ने हेतुले अन्तर्राष्ट्रिय लगानी सम्मेलन कर्णालीमा गर्ने तयारीमा रहेको बताए । सबै गैससलाई एकद्वार प्रणालीमा आएर काम गर्न पनि उनले आग्रह गरे ।

राजदूत कोडीले युनिसेफको साझेदारीमा नेपाल सरकारसँगको सहकार्यमा बहुक्षेत्रीय पोषण योजनाको काम गर्दै आएको र अब दोस्रो चरणको कार्यक्रम शुरु गर्न थालिएको बताए। औसतमा नेपालमा ३७ प्रतिशत बालबालिका पुड्को रहेकोमा कर्णालीमा ६७ प्रतिशतमा पुड्कोपन देखिएको राजदूत कोडीले बताए ।

“हामीले भर्खरै कालीकोटमा बहुक्षेत्रीय पोषण योजना अनुगमन गरेर आयौँ, स्थानीय तहका जनप्रतिनिधि र महिलासँग छलफल ग¥यौँ, राम्रै प्रभाव देखियो,” राजदूत कोडीले भने । कुपोषणले यहाँको स्वास्थ्य अवस्थामा मात्र नभएर विकासमा पनि असर पार्ने कुरालाई ध्यानमा राखेर इयूले २.२ मिलियन यूरो छुट्याएको उनको भनाइ थियो ।

उनले इयूको कूल बजेटको ६० प्रतिशत बजेट पोषणमा खर्च गर्दै आएको उनले जानकारी दिए । भेटघाटमा राजदूत कोडी, युनिसेफका नेपाल प्रतिनिधि टोमु होजुमीसहितको टिमले कर्णाली प्रदेश सरकारसँग हातेमालो गरेर विकास साझेदार भएर काम गर्ने बताए ।