काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो’ को अवलोकन गरेका छन्।
सो अवसरमा उनले उड्ने कारसमेत चढेका छन् ।
नेपालको सबैभन्दा ठुलो अटो प्रदर्शनी ‘नाडा अटो सो’ मा दुई करोड २० लाख रुपियाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो सो मा अध्यक्ष ‘प्रचण्ड’लाई रोवर्टले स्वागत गरेको थियो।







