२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पम्फा भुसालको आरोप : ‘सरकारका कदमहरू सुशासनविरुद्ध छन्’ 

अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनविरुद्ध रहेको आरोप लगाएकी छिन् ।

जनकपुरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार सुशासनविरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्द्वीमाथि प्रतिशोध साँध्ने र जनविरोधी कानुनहरू ल्याउनेतिर लागेको आरोप लगाइन् ।

‘सरकारका एकपछि अर्को कदमहरू सुशासनविरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्द्वीमाथि प्रतिशोध साँध्ने, जनविरोधी कानुनहरू ल्याउने गरिरहेको छ,’ भुसालले भनिन् ।

भूमि विधेयक, संघीय निजामती ऐनमा देखिएको गडबडी लगाएका विषय केलाउँदै सरकारले विधेयक अड्काएर राख्ने गरेको बताइन् ।

‘यहाँहरूले सुन्नुभएको छ, भूमि सम्बन्धी विद्येययको । संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामती ऐनमा कुलिङ अफ द पिरियडमाथि छेडखानी गरेर अहिले पनि त्यसलाई ढिलाइ गरिरहेको छ,’ उनले भनिन् ।

संविधानको मूल मर्मअनुरूप कानुन बनाउने, कार्यान्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उनको जिकिर छ ।

‘संविधानको मूल मर्मअनुरूप कानुन बनाउने, कार्यान्वयन गर्ने, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर छैन,’ उनले भनिन् ।

उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरूसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिइन् ।

एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपालकम्युनिष्ट पार्टी, महेन्द्र यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उनको भनाइ छ ।