२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । 

गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको बैसरी-हल्लेखर्क-पोखरेबगर खानेपानी योजनामार्फत २४ र गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कुरमुनीका १६ घरमा खानेपानी वितरण गरेको हो । 

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले करिब रु ४० लाखको लागतमा हल्लेखर्क र कुरमुनीका ४० घरपरिवारलाई फरक/फरक योजनामार्फत मिटर जडित निजी धारामार्फत घरघरमा खानेपानी वितरण भएको जानकारी दिए । 

“करिब रु २९ लाख बजेटमा सुन्दर सेवा निर्माण प्रालि पोखराले हल्लेखर्क र बैसरीमा निर्माण गरेको २७ मध्ये २४ वटा धारामा खानेपानी सञ्चालन भएको छ”, उनले भने, “पाइपलाइन नपुगेकाले यसपालि पानी वितरण नभएका बैसरीका तीन र पोखरेबगरका ९८ धारामा नयाँ आर्थिक वर्षको बजेटबाट पानी वितरण गर्ने व्यवस्था मिलाउँछौँ ।” 

धाराका साथै १०/१० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की, दुई वटा डिसी निर्माण भएको छ । खरीको मुहानबाट यसअघि नै ल्याइएको पानीलाई ट्याङ्कीमा हालेर व्यवस्थित हिसाबले वितरणको व्यवस्था मिलाइएको हो । 

घरघरमा खानेपानी आपूर्ति भएपछि पानी ओसार्दा हुने झञ्जट हट्नुका साथै समयको बचत भएको हल्लेखर्कका बासिन्दा देवी खड्काले बताए। यसअघि खानेपानी आपूर्ति नियमित नहुने र वितरण व्यवस्थित नहुँदा उपभोक्तालाई सास्ती थियो । 

कुरमुनीमा प्रदेश सरकारको रु १० लाख बजेटबाट १० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरेर १६ घरमा पाइपलाइन विस्तार र मिटर जडान गरेर खानेपानी वितरण भएको छ । घरघरमा धारा बनाउन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा रु दुई लाख विनियोजन गरेको वडा अध्यक्ष खड्काले बताए ।

कूल एक करोड १९ लाख लागत अनुमान गरिएको बैसरी-हल्लेखर्क-पोखरेबगर खानेपानी योजनाले पूर्णता पाएमा एक सय २५ घरपरिवार लाभान्वित हुनेछन् । बैसरी र अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरमा नयाँ आर्थिक वर्षमा खानेपानी वितरण गर्ने लक्ष्य छ। बैसरीमा यसअघि नै खानेपानी संकलन गर्ने रिजर्भ ट्यांकी निर्माण भएको छ ।