२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु

अ+ अ-

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बीमा सेवा सुरुआत गर्ने भएको छ ।  

यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । केन्द्रले प्रेषण केन्द्र (रेफरल)का लागि सहज हुने उद्देश्यले अस्पतालको भवनमा नै ‘विस्तारित स्वास्थ्य बिमा सेवा केन्द्र’ को सेवा दिने निर्णयसहित सेवा सुरु गरेको हो । सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट सेवा दिने नीतिअनुसार धुलिखेल अस्पतालमा उपलब्ध हुँदै आएको प्रथम सेवा विन्दुको सुविधा यही साउन १ गतेदेखि रेफरल सेन्टरको रूपमा मात्रै काम गरिरहेको छ । 

नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित रिफरल सेवा सुरु गरिएको जनाएको छ । नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार धुलिखेल अस्पतालसँगको साझेदारीमा सेवा सुरु गरिएकाले जनशक्ति अभाव भएका बेला चिकित्सकलगायत भौतिक पूर्वाधारमा पनि दुवै संस्थाले सघाउने सहमति भएको छ ।