२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र यादवले भने-‘सार्क फर्कने, नफर्कने ठेगान छैन’

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण एसियामा सार्कको महत्त्व धेरै रहेको भए पनि अहिले कोमामा रहेको टिप्पणी गरे ।

उनले अब सार्क फर्किने हो वा होइन भन्ने ठेगान नभएको पनि बताए ।

‘सार्क त अब मरिसक्यो भनी नहालौँ, तर कोमामा गइसकेको छ । फर्किने हो की होइन ठेगान छैन । लामो समयदेखि,’ यादवले भने, ‘तर यसको आवश्यकता छ । यो रिजनल कोअप्रेसन एण्ड कोर्डिनेसन हो । टेरेरिस्ट एक्टिभिटिजहरुलाई मिनिमाइज गर्ने र समाप्त पार्ने च्यानलको लागि एउटा कोअप्रेशन हो ।’

विगतमा सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको उनले बताए । आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको यादवको जिकिर छ ।

‘दोस्रो यसको उत्पन्न हुने कारण के हो ? रुट कज केको हो । एकैनासको त छैन । त्यो रूटकजहरूलाई पत्ता लगाएर बेलैमा समस्या समाधान गर्नुपर्छ । अर्को त्यसका रिसोर्सहरूको च्यानललाई रोक्नुपर्छ,’ उनले भने ।

अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने पनि बताए ।