२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणकाजी श्रेष्ठले भने-‘संघीयता र लोकतन्त्र रक्षाको दायित्व सबैको हो’

अ+ अ-

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको रक्षा सबैको प्राथमिक दायित्व भएको बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ पालुङटार नगर समन्वय परिषद् द्वारा आयोजित ३१औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा बोल्दै उनले प्राप्त लोकतान्त्रिक व्यवस्थामाथि प्रतिगमनको खतरा रहेको भन्दै सचेत रहन आग्रह गरे । ‘यो व्यवस्था हजारौँको बलिदान र त्यागबाट आएको हो । यसलाई कमजोर पार्ने, अधिकार खोस्ने र आन्दोलनका शहीद, बेपत्ता तथा घाइते योद्धाहरूलाई अपमानित गर्ने षड्यन्त्रहरू भइरहेका छन्’, उनले भने ।

श्रेष्ठले समावेशीकरणका उपलब्धिहरू कायम राख्दै संविधानमा उल्लिखित समानुपातिक समावेशीकरणलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । स्थानीय, प्रदेश र संघीय तहमा महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिमलगायत समुदायको प्रतिनिधित्व र आरक्षण कायम राख्ने मात्र नभई अझ विस्तार गर्नुपर्ने उनले बताए ।

उनले स्वायत्त, संरक्षित र विशेष क्षेत्रको संवैधानिक व्यवस्थालाई व्यवहारमा लागू गरी सीमान्तकृत समुदायको पहिचान, अधिकार र विकासमा योगदान पुर्‍याउन । साथै भाषा-संस्कृतिको संरक्षणका लागि राज्य र समुदाय दुवै सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासनको आवश्यकता औँल्याए ।

‘राजनीति सही दिशामा भए मात्र सामाजिक-आर्थिक रूपान्तरण सम्भव छ। त्यसका लागि लोकतन्त्रको रक्षा, समावेशीकरणको कार्यान्वयन, भाषा-संस्कृतिको संरक्षण, राजनीतिक स्थिरता र सुशासन अनिवार्य छन्’, श्रेष्ठले भने ।

उनले बाँकी अधिकारका लागि आदिवासी जनजाति र सिमान्तकृत समुदायलाई एकताबद्ध भएर संघर्ष गर्न पनि अपिल गरेका छन् ।