२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीका मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन काँग्रेसले लगायो ह्विप

अ+ अ-

हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतमा तीन बुँदे ह्विप जारी गरेको छ ।

२७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।

दल नेता बानियाँले काँग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा आज दिउसो बसेको काँग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

‘तीन बुँदामा ह्विप जारी गर्ने निर्णय भएको छ । एउटा बैठकमा अनिवार्य उपस्थित हुने, दोस्रो तटस्थ नबस्ने र तेस्रो विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गर्ने निर्णय भएको हो,’ लामिछानेले भने ।

दलको कार्यसमिति बैठकले प्रवक्तामा लामिछाने तोक्ने र ३ सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र बिनु रायमाझी पौडेल रहेका छन् ।

यसैगरी बैठकले २७ साउन १ बजे काँग्रेस संसदीय दलको कार्यालय हेटौंडामा दलको बैठक राख्ने निर्णय गरेको लामिछानेले जानकारी दिए ।

मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैंसेपाटीमा दलको बैठक बसिरहँदा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षको काठमाडौंमा छुट्टै बैठक बसिरहेको छ । विश्वासको मतको विषयमा छलफल गर्न लामा पक्ष छलफलमा जुटेको जनाइएको छ ।

मुख्यमन्त्री बानियाँले २० साउनमा अन्य मन्त्रीको नियुक्तिसँगै लामा पक्षका तीन जनालाई पनि मन्त्री नियुक्त गर्नुपर्ने सहमति पालना नगरेको भन्दै लामा पक्ष असन्तुष्ट छ । लामा पक्षले आज पार्टी सभापति शेरबहादुर देउवा भेट्ने तयारी पनि गरेका छन ।