२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीभित्रको गल्तीको समीक्षा गर्दै दसैँपछि बस्ने बैठकले महाधिवेशनको मिति तोक्छ’-नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ४ दिनसम्म चलेको स्थायी कमिटी बैठक सकारात्मक निष्कर्षसहित सकिएको बताएका छन् ।

बैठकले पार्टीको एकतामा जोड दिएको भन्दै छलफलको स्वतन्त्रता कामकारबाहीमा एकरूपताको मान्यतालाई सबैले अवलम्बन गर्नु पर्ने आवश्यकता औँल्याएको बताए ।

बैठकपछि उनले भनेका छन्, ‘निजी स्वार्थ केन्द्रित पार्टी हित विरोधी स्वार्थ समूह वा गुटहरूको अन्त्य गर्ने सामूहिक संकल्प पनि गरेको छ ।’

प्रतिगमन र यथास्थितिवादलाई परास्त गर्दै सामाजिक, आर्थिक रूपान्तरण र सामाजिक न्याय सहितको समृद्धिको आजको प्रमुख राष्ट्रिय कार्यभार पूरा गर्न आवश्यक रहेको बताए ।

उनले थपेका छन्, ‘ऐतिहासिक जिम्मेवारी पूरा गर्न पार्टीको रूपान्तरण एवं पुनर्गठनको प्रक्रियालाई अझ जोड दिएर अघि बढाउने निष्कर्ष पनि बैठकले निकालेको छ ।’

विप्लवले नेतृत्व गर्नु भएको नेकपा लगायत अन्य क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै वार्ता गर्ने र समाजवादी मोर्चाको सुदृढीकरण एवं विस्तारमा पनि प्रयत्न गर्ने निर्णय गरिएको बताए। पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरूको समेत समीक्षा गरिएको उनले बताए ।

वर्षाको कारणबाट स्थगित मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई भदौको तेस्रो हप्ताबाट पुनः निरन्तरता दिने पनि निर्णय गरिएको बताए ।

उनले थपेका छन्, ‘यस वर्षको दसैँपछि केन्द्रीय समितिको बैठक बस्ने र राष्ट्रिय महाधिवेशनको टुङ्गो समेत केन्द्रीय समितिको बैठकबाट लिने निर्णय गरिएको छ ।