महोत्तरी । महोत्तरीको रामगोपालपुर चोकबाट अवैध लागू औषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्रामसहित ट्रक चालक पक्राउ परेका छन् ।
मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।
हाल उनलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







