काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै जिल्लामा अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ ।
पार्टीको स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले निर्धारित समयमै सम्पन्न गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयले पर्यवेक्षकहरू तोकिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
जसमा अध्यक्ष राजेन्द्र लिङदेनको गृहजिल्ला झापामा इनु अधिकारी तोकिएकी छन् ।












