काठमाडौँ । बागमती नगरपालिका-२ स्थित भरत तालमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृतकको नाम, ठेगाना खुल्न सकेको छैन । तराईमूलकको जस्तो देखिने मृतक महिला अन्दाजी २०-२१ वर्षको देखिने इलाका प्रहरी कार्यालय हरिवन जनाएको छ ।
तालमा खस्नुअघि महिलाले ‘बचाऊ’ भनेर चिच्याएपछि ताल परिसरमा व्यवसाय गर्ने र घुम्न गएका मानिस घटनास्थल नजिकै पुगेका थिए । तर उनीहरूले महिलालाई सकुशल बाहिर निकाल्न भने सकेनन् ।
तालको पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेकी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
घाँटीमा मंगलसुत्र लगाएकी मृतक महिलाले टप्स र जिन्स पाइन्ट लगाएको प्रहरीले जनाएको छ ।हाल उनको अवश्यका अनुसन्धान गरिरहेको छ ।







