२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी प्रतिवेदनमाथि छलफल 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल भएको छ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल भएको हो । सो समितिले गत असार ५ गते प्रतिवेदन बनाई सदनमा पेस गरेको थियो ।

प्रस्ताव प्रस्तुत गर्दै सभापति पन्तले यसबाट अन्तरराष्ट्रिय व्यापार थप हुनुका साथै स्तरोन्नतिबाट नेपालमा विभिन्न चुनौतीसमेत आउने बताए। लाभ र हानीका विषय प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख भएका जानकारी दिए। स्तरोन्नतिका लागि तीन वटा शर्तमध्ये मानव सम्पत्ति र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक पूरा भए पनि प्रति व्यक्ति आयको सूचकांक अझै पूरा नभएको जानकारी पनि सभापति पन्तले गराएका थिए । 

स्तरोन्नतिपछि नेपालले विभिन्न क्षेत्रमा पाउँदै आएको सहुलियतमा असर पुग्ने, यात्रा सहुलियतमा कटौती हुने, विश्व बैंकले दिएको लोनमा पनि दुई प्रतिशत ब्याज लाग्ने खबर आएको पनि उनले सुनाए । यसका लागि नोभेम्बर २०२६ सम्मको कार्य योजना बनाई लागू गर्नुपर्ने उनको भनाइ छ । 

 सदस्यहरू उर्मिला अर्याल, इन्दिरादेवी गौतम, मदनकुमारी शाह (गरिमा), पूजा चौधरी, शेखरकुमार सिंह, डा.अञ्जना शाक्य, गोपाल भट्टराई, गङ्गाकुमारी बेल्वासे, किरण श्रेष्ठ, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, कृष्णप्रसाद पौडेल, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, नारायणदत्त मिश्र, पदमबहादुर परियार, विष्णुबहादुर विश्वकर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, सुमित्रा बिसीले प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए । 

उनीहरूले स्तरोन्नतिबाट विकास सहायतामा कमी हुने, सुविधा पाएर गलैँचालगायत सामग्री नेपालबाट विदेशमा निर्यात भइरहेकामा के प्रभाव पार्छ भनी सरकारको तयारी के छ भनी प्रश्न गरे । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्र पढेर सुनाएका थिए ।