काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ ।
अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ ।
कारोबार सुरु भएपछि प्राय: घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको कारोबार भएको छ ।







