काठमाडौँ। नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्।
भदौ ७ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने संघको निर्वाचनमा शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र संवर्द्धनका लागि ‘मेरो उम्मेदवारी’ भन्ने नारा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधि भित्र रहेर आफ्नो सदस्यहरूको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।







