२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा खानेपानीको हाहाकार, नेपाली सेनाद्वारा पानी वितरण

अ+ अ-

पर्सा । वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजंग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्यांकरमार्फत वितरण गर्दै आइरहेको छ । 

मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्यांकरबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीन पटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्यांकरमार्फत औषतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए ।

‘‘पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीन पटक ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छौँ,’’ उनले भने, ‘‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ ।’’

वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र संकटलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्यांकरबाट पानी वितरण गर्दै हुँदै आइरहेको छ ।  

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई ट्यांकरबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेको बताए । ‘वीरगञ्ज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै  दिनरात नभनीकन फोन गर्नुहुन्छ । हामीले आवश्यकताको आधारमा ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छौँ ।’’ 

गत साउन १ गतेदेखि नै यहाँ खानेपानी ट्यांकरमार्फत वितरण हुँदै आइरहेको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर खानेपानी वितरण गर्दै आइरहेको छ । 

नेपाली सेनाले वीरगञ्ज महानगर-१ छपकैया, वीरगञ्ज महानगर १ गायत्री टोल, शिक्षा कार्यालय पछाडि, वीरगञ्ज महानगर वडा नं ११ राधेमाई, श्रीपुर, वीरगञ्ज महानगर १४ बहुअरीचोक, वीरगञ्ज महानगर १५ भिष्वा, राधे राधे कलोनी, वीरगञ्ज महानगर २४ रामगढवा, महानगर २६ सुगौली बिर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे तीन पटक ट्यांकरबाट पानी वितरण हुँदै आइरहेको छ ।

त्यस्तै गरी पर्साको बहुदरमाई नगरपालिका-१ विश्रामपुर, दक्षिणटोल पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्यांकरबाट खानेपानी वितरण हुँदै आइरहेको छ । पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्यांकरबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिए ।