२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘केही चित्त बुझेन भने अधिनायकवाद भनिहाल्छन्’-प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही चित्त नबुझ्नासाथ अधिनायकवाद भनिहाल्ने गरिएको गुनासो गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अधिनायकवाद के हो भन्ने कुरा गोलघरमा बसेकालाई बढी थाहा हुने बताए ।

‘लोकतन्त्र आइसकेपछि अब राजनीतिक लडाइँ गर्नुपर्ने आवश्यकता छैन । अब त सुधारका निम्ति सुझावका कुरा हुन्’ उनले भने, ‘अब कसैको इर्ष्या, कुण्ठा हुन्छ भने त्यो बेग्लै कुरा हो, अब कुनै लडाइँ होइन यहाँ ।’

उनले थपे, ‘हुन त दिनैपिच्छे अब आफूलाई केही चित्त बुझेन भने अधिनायकवाद भो भनेर ‘। अधिनायकवाद कस्तो हुन्छ, अधिनायकवादी शासनमा गिरफ्तारी भनेको के हो रु त्यतिबेला पिटाइ कस्तो खाइन्छ त्यो त हामी खाएकाहरूलाई थाहा छ ।’

उनले अधिनायकवाद के हो भन्ने कुरा अहिलेसम्म रहेका अघिल्लो पुस्तालाई बढी थाहा भएको बताए । ‘कालकोठी कस्तो हुन्छ, गोलघर कस्तो हुन्छ त्यो बसेकालाई थाहा हुन्छ’ उनले भने, ‘नेल हतकडी लगाएर हातखुट्टाहरू सुन्निएर, पाकेर, खिया लागेको फलामले घोटेर घाउ बनाएर नलिखुट्टाहरू पिपले भरिएर मानिस कसरी सुत्छ होला, कसरी बाँच्छ होला रु कसरी निदाउँछ होला ? ती आफ्नै ठाउँमा छन् ।’

उनले देशमा लोकतन्त्र आएकोले अहिले सजिलो रहेको बताए । ‘आज के छ र ? आज सजिलो छ, लोकतन्त्र आएको छ ।’ उनले थपे, ‘अघिल्लो पुस्तालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, कृतज्ञता व्यक्त गर्न चाहन्छु जसले हामीलाई संघर्षका निम्ति बाटो देखाउनुहुन्थ्यो, त्यही नेता हुनुहुन्थ्यो बीपी कोइराला ।’

बिपीले नेपालमा मात्र नभएर भारतमा समेत बाटो देखाएको प्रधानमन्त्री ओलीले बताए । उनले त्यही भएर नेपालका समाजवादीहरूको यही भएर भारतको समाजवादीसँग भावनात्मक सम्बन्ध भएको बताए ।