काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
जितपुरसिमरा वडा-४ का शनिबार राती घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा प्रेमनारायण भट्टको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। वीरगन्ज लैजाने क्रममा वृद्धको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक लाई प्रहरीले खोजी गरिरहेको छ।







