२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिबियाको त्रिपोली क्षेत्रबाट १ हजार ५ सय आप्रवासी कामदार पक्राउ

अ+ अ-

एएफपी । लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक बस्तीमा छापा मारी शनिबार करिब १ हजार ५ सय कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका छन्। 

 शनिवारको अनुगमनमा कागजातविहीन विदेशी कामदार बस्ने घरहरू फेला परेका हुन् । लिबियामा सन् २०११ मा नेटो समर्थित विद्रोहमा लामो समयदेखि सत्तामा रहेका मोआमेर कद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछि लिबिया द्वन्द्वको चपेटामा परेको छ ।

त्रिपोलीस्थित प्रधानमन्त्री अब्देल हामिद देबेइबाको सरकार र पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनबीच देश विभाजित छ । इटालीबाट करिब ३०० किलोमिटर टाढा रहेको लिबिया समुद्रमा आफ्नो ज्यानको जोखिम मोलेर युरोप पुग्ने हजारौँ आप्रवासीका लागि प्रमुख ‘सुरुवात विन्दु’ बनेको छ ।

त्रिपोलीको पूर्वतिर लक्षित उक्त क्षेत्रमा अग्ला पर्खाल र ठूलो ढोकाले घेरिएको अस्थायी शिविरहरू रहेका छन् । अधिकांश इजिप्ट र उप-सहारा अफ्रिकी मुलुकका सयौँ आप्रवासीहरू त्यहाँ बसोबास गर्ने गरेको पाइएको अधिकारीहरूले बताएका छन् । 

भवन परिसरभित्र एउटा सानो किराना पसल, एउटा मार्सु पसल र तरकारी बिक्रेताहरूसमेत रहेका देखिन्थ्यो । 

लिबियाली श्रममन्त्रीले भने, “उक्त स्थानमा ‘अनियमित आवास भेटिएको छ । त्यहाँ स्वास्थ्य र कार्यस्थल सुरक्षाको लागि आधारभूत आवश्यकताहरू पूरा गर्न असम्भव हुन्छ ।”

“पक्राउ परेका आप्रवासी कामदारलाई ‘गैर–कानुनी आप्रवासी नियन्त्रण अधिकारी’ले सञ्चालन गरेको शिविरमा स्थानान्तरण गरिनेछ र उनीहरूविरुद्ध राष्ट्रिय नियमअनुसार कानुनी कारबाही अघि बढाइनेछ,” उनले भने । ती आप्रवासीलाई तत्काल देश निकाला गर्ने वा नगर्ने भन्ने स्पष्ट भइसकेको छैन ।

यसै महिनाको सुरुमा ग्रिस, इटाली र माल्टाका एक आयुक्त र मन्त्रीहरू उत्तर अफ्रिकी देशबाट अनियमित आप्रवासनबारे छलफल गर्न लिबिया पुगेका थिए ।

इटालियाली तटमा पुग्नुअघि अन्तर्राष्ट्रिय जल क्षेत्रमा समेत लिबियाली अधिकारीहरूले रोकेका आप्रवासीहरूलाई जबरजस्ती लिबिया फर्काइएको छ र संयुक्त राष्ट्रसंघले बारम्बार निन्दा गर्ने कठोर परिस्थितिमा हिरासतमा राखिएको छ।