२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्ड र कम्बोडियाको सिमानामा झडप हुँदा ३२ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । थाइल्यान्ड र कम्बोडियाबीच दोहोरिएको सीमा विवादका कारण झडप हुँदा ३२ जनाको मृत्यु भएको छ । एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् ।

सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ ।

कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ ।

हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको हो ।कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएको बताएका छन् ।

थाइल्याण्डले भने पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण जसमा बालबालिका र ६ जना सैनिकको ज्यान गएको जनाएको छ । साथै कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएको पुष्टि गरिएको छ ।

त्यस्तै थाइल्यान्डका अधिकारीहरूका अनुसार करिब १ लाख ३८ हजार मानिसलाई सीमा क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तीन सय भन्दा बढी आपत्कालीन राहत केन्द्रहरू स्थापना गरिएको छ । हिजो थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रमा पर्ने आठ जिल्लामा सैनिक कानून मार्शल ‘ल’घोषणा गरेको छ ।

यो दशकौँदेखिको विवादित सीमा क्षेत्रसँग सम्बन्धित तनाव अस्ति फेरि चर्किएको हो, त्यहाँ सीमा क्षेत्रमा भएको एक ल्यान्डमाइन विस्फोटमा पाँच जना थाई सैनिक घाइते भएका थिए ।