२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संकेत राख्ने तयारी गरेको छ । 

यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक संकेतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । 

सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याइसकेको र यही साउन महिनादेखि काम सुरु गरिने छ । उनका अनुसार विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा कामपाले नै सडक संकेत राख्ने तयारी पूरा भएको छ । 

योसँगै कामपाले पैदलयात्री र सवारी चालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतनाको काम गर्ने तयारी पनि रहेको श्रेष्ठले जानकारी दिए । सडक संकेत भएको स्थानमा र नभएको स्थानमा सडकको प्रयोग कसरी गर्ने भन्नेबारे चालक र यात्रु धेरैलाई ज्ञान छै जसको कारण पनि सडकमा पछिल्लो समय सामान्य गल्तीले गर्दा पनि दुर्घटनाको घटना बढिरहेको यसलाई कम गर्न सडकमा नै प्रयोगकर्तालाई जनचेतना दिने हो ।   

यसै आर्थिक वर्षमा नै कामपाले सडकमा आवश्यक पर्ने सामग्री पनि थप्ने तयारी गरेको छ । ट्राफिक कोन, डिभाइडर, सडक टल्कने संकेत समेत राखेर सुरक्षालाई थप मजबुत बनाउने विश्वास कामपाको छ ।  

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिएको श्रेष्ठले जानकारी दिए ।

सल्लाहकार श्रेष्ठका अनुसार छनोटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त तालिमप्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्ने गरेका छन्।