२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीबाट बडिमालिका पठाइयो पूजा सामाग्री सहितको पेटारो

अ+ अ-

डोटी । डोटी सदरमुकाम सिलगढीबाट बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि पूजा सामाग्री सहितको (पेटारो) सरकारी टोली शुक्रवार पठाइएको छ । 

डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीबाट जिल्ला प्रशासन कार्यालय डोटीमा विशेष पूजा सम्पन्न भए पश्चात् प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा पुजा भए सँगै पेटारो बडीमालीकाका लागि पठाइएको हो ।

भाद्र चतुर्दशी तिथिका दिन लाग्ने बडिमालिका मेलाका लागि डोटी बाट पूजा सामाग्री सहितको सरकारी टोली पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

राणा शासन कालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजा आज गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूले पेटारो लैजाने चलन रहे अनुसार सोही विधि परम्परा अनुरूप शुक्रवार पूजा सामाग्री सहितको पेटारो बाजुरा पठाइएको प्रजिअ जोशीले बताए । 

उनले भने, ‘राणा काल देखि डोल पूजा आज गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोही अनुसार पूजाआजा गरेर पेटारो पठाएका छौँ ।’

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण भाद्र चतुर्दशी तिथिका दिन उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेम शंकर  भट्टले बताए । 

उनले भने, डोटीबाट सरकारी पूजा सामाग्री सहितको पेटारो बडिमालीका पठाउने चलन डोटी राजाको पालाभन्दा पहिले छैटौँ शताब्दी देखि चलिआएको चलन हो यसको सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरेको थियो । तर २०७२ साल देखि सरकारले खर्च कटौती गरे पछि शैलेश्वरी क्षेत्र विकास समिति र डोटीका स्थानीय तहहरूले खर्च व्यवस्थापन गर्दै पेटारो पठाउने गरेको बताए । 

सिलगढीबाट पूजा सामाग्री सहितको पेटारोको यात्रा सुरु हुँदा देखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थ यात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशीर्वाद दिउन् भन्ने कामना सहित ठाउँ ठाउँमा पानीका घडा र फूल मालाले स्वागत गर्ने गर्दछन् ।

बडिमालिका जाने बाटोमा त्रिवेणी धाम पर्छ । तीन वटा नदीको संगम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्वर्गीय बाबु आमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले बताए । उनका अनुसार त्रिवेणी धामबाट कम्तीमा पनि ६ देखी ८ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र लामो समयसम्म नपग्लिने बडिमालिकामा बर्सेनि भाद्र चतुर्दशी तिथिको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् ।

पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञ कुण्डमा हाम फालेपछि उनको मृत शरीर बोकेर हिँडेका महादेवको काँधबाट सतीदेवीको अंग पतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती रहेको बताए ।  

डोटीबाट प्रस्थान भएको सरकारी पूजा सामाग्री सहितको पेटारो बडिमालिका मन्दिरमा पुग्न दुई साता समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि पूजा सामाग्री पेटारो लैजाने चलन रहेको छ ।

 ‘भक्तजनले चिताएको पुग्ने विश्वासका आधारमा बडिमालिका मेलामा बर्सेनि भक्तजनको भिड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो ।’ 

समुद्री सतहबाट करिब चार हजार भन्दा माथि उचाइमा रहेको छ । पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व आदर्श गाउँपालिकामा कार्यरत अहेव मकर बहादुर खड्का र सायल गाउँपालिकाका कार्यालय सहायक खगि थापाले गरेका थिए ।

सरकारी पूजा सामाग्री सहितको पेटारोलाई सशस्त्र प्रहरी बल हेड क्वाटर ३६ नम्बर गण, भैरव प्रसाद गण र जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले सलामी दिएको थियो ।