२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-३ मा हुने उपनिर्वाचनका कार्यक्रम आयोगबाट स्वीकृत

अ+ अ-

काठमाडौँ । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत भएको छ ।

आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनका कार्यक्रम स्वीकृत भएको जानकारी गराएकी हुन् ।

उनका अनुसार, असोज ११ गते बिहान १० बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम स्वीकृत भएको आयोगले जनाएको छ ।

सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने स्वीकृत कार्यक्रममा उल्लेख छ ।

उक्त सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २२ गते बिहान १० देखि ३ बजेसम्मका लागि तोकिएको छ । सोही दिन ३ बजेदेखि भोलिपल्ट ५ बजेसम्मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने आयोगले जनाएको छ ।

त्यस्तै, असोज २३ गते बेलुकी ५ देखि ७ बजेसम्मा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, असोज २४ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन् ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका स्वीकृत भएको प्रवक्ता पोखरेलले बताइन् ।

दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बताइएको छ ।

कात्तिक १७ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको ब्यहोरा जानकारी गराएको छ ।