२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनीद्वारा ३ सय २९ योजना सम्पन्न

अ+ अ-

म्याग्दी । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ३ सय २९ योजना सम्पन्न गरेको छ ।

सडक निर्माण, स्तरोन्नति, सामुदायिक, विद्यालय, स्वास्थ्य संस्थाको भवन, सिँचाइ, खानेपानी, पदमार्ग, ढल व्यवस्थापन, खेलमैदान, अर्याघाट, यात्रु प्रतीक्षालय, घेराबार, पोखरी निर्माणलगायत पूर्वाधारसम्बन्धी ३ सय ३७ मध्य ८ वटा बाहेकका योजना सम्पन्न भएका हुन् ।पूर्वाधार विकास शीर्षकमा लागि रु १३ करोड ४१ लाख ९० हजार विनियोजन भएकोमा ८६ दशमलव ६९ प्रतिशत रु ११ करोड ५७ लाख १३ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

बाइस किलोमिटर सडक स्तरोन्नति, दुई किलोमिटर सत्र मिटर सडक ढलान, एक किलोमिटर ३ सय ३७ मिटर कालोपत्र, तीन किलोमिटर २० मिटर ग्राभेल, दुई किलोमिटर ९ सय ५ मिटर नयाँ ट्रायक खोलिए, पाँच किलोमिटर ९ सय ६ मिटर पदमार्ग निर्माण र १ सय मिटरमा ढुङ्गा छापिएको छ ।

एक हजार ३ सय ११ मिटर नाली, ९ सय ३ मिटर ढल र २० वटा खानेपानीको टङ्की निर्माण, दुई वटा पोखरी, दुई वटा विद्यालय भवन, एक वटा स्वास्थ्य संस्था, पाँच वटा यात्रु प्रतीक्षालय, १४ वटा सामुदायिक भवन, १० वटा विद्यालय भवन, छ वटा मठमन्दिर, सात वटा वडा कार्यालय मर्मत, नौ वटा खेलमैदान, एक वटा शव दाह स्थल र १३ वटा विपन्न नागरिकको आवास निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

नगरस्तरीय ३० वटा योजनामध्ये १२ वटा ठेक्कामार्फत कार्यान्वयन भएको छ । वडा स्तरीय ३ सय १६ मध्यनगर गौरवको मानिएको लभ्लिहिल साहासिक पिङ, बेनीको शान्ति पार्कसहित सात वटा योजना कार्यान्वयन भएनन् । वडा नं–३, ४, ६, ९ र १० ले शतप्रतिशत योजना कार्यान्वयन गरेका छन् । १ मा तीन, २, ५,७ र ८ नम्बर वडामा एकरएक वटा योजना कार्यान्वयन नभएका हुन् ।

प्रधानमन्त्री रोजगारका २१ मध्य २० वटा योजना कार्यान्वयन भएका छन् । सूचीकृत ९ सय ९६ जनामध्ये ७१ जनालाई न्यूनतम सय दिनको रोजगारी पाएका छन् । उनीहरूले एक हजार २०० मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलिङ्ग र एक हजार २६० मिटर पदमार्ग निर्माण गरेका छन् ।

ठेक्कामार्फत कार्यान्वयन गरेका बेनी–लभ्लीहिल–ज्यामरुककोट सडक स्तरोन्नति, महारानीथान–छाप–डाडाखेत, बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको पहिलो र दोस्रो प्याकेज, कालिपुल कृषि भवन, रत्नेचौर परम वैदिक सनातन धार्मिक आश्रम, गलेश्वर बजार सौन्दर्यकरण, पशु बधशाला, वडा नं–७ को कोठा थप, कालीगण्डकी स्वच्छता कार्यक्रम मार्फत दोभानमा शव दाह स्थल र बेनी खुल्ला मञ्च खेलमैदान निर्माण सकिएको छ ।

सडक बोर्डको बेनी–पुलाचौर सडक मर्मत र नगरपालिकाको अर्थुङ्गे–पुलाचौर सडक स्तरोन्नति योजनाको ८५/८५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का सम्झौता भएको रावण पार्क निर्माण योजनाको ९४ प्रतिशत प्रगति भएको छ । निर्माणाधीन तीन वटा योजनाको आगामी असोज महिनासम्म म्याद थप भएको नगर प्रमुख सुरत केसीले बताए ।

नगर उपप्रमुख ज्योति लामिछानेले पिच र ढलान हुने सम्पूर्ण सडकको कोर कटिङ तथा रु पाँच लाखभन्दा बढी लागत भएका योजनाको स्थलगत अनुगमन गरिएको बताइन् । रु पाँच लाखसम्म लागत अनुमान भएका योजना तथा कार्यक्रमको सम्झौता तथा अनुगमनको जिम्मेवारी वडा कार्यालय र वडा स्तरीय अनुगमन समितिलाई दिइएको छ ।

योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन १, २, ३, ४, ५, ९ र १० का उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको थियो । कार्ययोजना बनाएर पहिलो चौमासिकमा सर्वेक्षण, दोस्रो चौमासिकमा सम्झौता गरी कार्यान्वयनमा लगिएकाले अधिकांश योजना सम्पन्न भएका नगर उपप्रमुख लामिछानेले बताए ।