२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी सिद्धान्त विपरीत नबोल्न नेता कार्यकर्तालाई राप्रपाको निर्देशन

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिले पार्टीको नीति र सिद्धान्त विपरीत हुने गरी कुनै पनि अभिव्यक्ति नदिन पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, अनुशासन समिति अध्यक्ष रोशन कार्कीको नेतृत्वमा बसेको बैठकले उक्त आग्रह गरेको हो ।

‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहत्तर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सामाजिक सञ्जालहरूमा लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नू नगराउनू हुन पार्टीका सबै नेता कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु,’ अध्यक्ष कार्की नेतृत्वको समितिले गरेको निर्णयमा भनिएको छ ।

आजै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए ।

उपाध्यक्ष गिरीसहितका चार नेताले बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनलाई आरोप लगाउँदै पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका थिए ।

लगत्तै आज लिङ्देनले गिरीलाई पदमुक्त गरेका हुन् ।

उनीहरूले सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको दाबी पनि गरेका थिए ।

क्रियाशील नेतालाई श्रृंखलावद्ध रूपमा कारबाही हुँदा पार्टीपंक्ति र जनमानसमा शंका र प्रश्नहरू उब्जिएको उनीहरूले  विज्ञप्तिमा लेखेका छन् ।