२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनजंघा संरक्षण क्षेत्रमा क्यामेरा र जिपिएस उपकरण जडान

अ+ अ-

काठमाडौँ। कञ्चनजंघा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमन सुदृढ गर्न ट्रेल क्यामेरा र जिपिएस उपकरण जडान सुरु भएको छ ।

युनेस्कोको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएएमसी) र समृद्ध पहाडबीचको सहकार्यमा उक्त उपकरणहरू जडान सुरु गरिएको हो । 

युनेस्कोका अनुसार तापेथोक, हेलोक र लेलेप क्षेत्रमा साउन १ देखि ४ गतेसम्म यी प्रविधि जडान गरिनेछ ।

‘उपकरण जैविक विविधता अनुगमनलाई थप वैज्ञानिक, भरपर्दो बनाउन प्रयोग गरिनेछ, स्थानीय आदिवासी ज्ञान र आधुनिक प्रविधिबीच समन्वय गर्दै पारिस्थितिकीय अनुगमनलाई दिगो बनाउने उद्देश्यसहित यो अभियान थालिएको हो’, युनेस्कोद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

उपकरण जडानअघि, असार २९ र ३० गते लेलेपमा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको थियो । तालिममा स्थानीयवासी, विद्यालयका विद्यार्थी, आदिवासी जनजाति प्रतिनिधि र सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो ।

तालिममा सहभागीहरूले वैज्ञानिक उपकरणको प्रयोग, सञ्चालन र जडानसम्बन्धी व्यावहारिक सीप आर्जन गरेका थिए । यस्ता गतिविधिले स्थानीय समुदायलाई वातावरण संरक्षणप्रति थप जिम्मेवार र सक्षम बनाउने अपेक्षा गरिएको छ ।

केसिएएमसीका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले संरक्षणका प्रयासबारे जानकारी दिँदै जैविक विविधताको हटस्पट र सम्भावित संरक्षण क्षेत्रहरू पहिचान गर्ने योजनामा आफूहरू जुटेको बताए ।